INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्ली गाउँपालिका–४ जतनपुरका २८ वर्षीय कुलबहादुर मगरलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ ।

महिलालाई आरोपितले ०८२ मङ्सिर २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर ८ गते प्रहरी चौकी, रूपाटारमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर ११ गते गरिएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो