INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आठविसकोट नगरपालिका–१२ का ३३ वर्षीय ध्रुवराज केसीलाई माघ ३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाइृ आरोपितले माघ २ गते बलात्कारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय आठविसकोटमा माघ ३ गते उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए ।

घरमा अरू कोही नभएको मौका छोपेर केसीले आफु सुत्ने कोठाको ढोका तोडफोड गरी भित्र प्रवेश गरेर आफुलाई कुटपिट गरेर बलात्कार गर्ने प्रयास गरेको पीडित महिलाको आरोप छ ।

प्रहरीले केसीलाई गिरफ्तार गरेर मेडिकल परीक्षण गर्दा अत्याधिक मदिरा सेवन गरेको र मदिराका कारण अत्यधिक बान्ता गरेपछि आठविसकोट नगर अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचार गर्न नेपालगञ्ज पठाइएको डिएसपी खड्काले बताए ।

प्रहरीको निगरानीमा केसीलाई नेपालगञ्ज उपचार गर्न पठाएको र उपचारपछि दुवै पक्षबाट यथार्थ विवरण आएपछि मुद्दा प्रक्रिया अगाडि बढाइने उनको भनाई छ ।

अन्य

भिडियो