INSEC Online

📅 २०८३ जेष्ठ २१

दाङमा १५ हजार ६ सय २२ मतदाता थपिए

आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा १५ हजार ६ सय २२ जना नयाँ मतदाता थप भएका छन् ।

०८२ मङ्सिर ५ गतेसम्म कार्यालयमा प्रत्यक्षरुपमा उपस्थित भएर ५ हजार ९ सय ५ र राष्ट्रिय परिचयपत्रका आधारमा ९ हजार ७ सय १७ जना गरी १५ हजार ६ सय २२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवरले जानकारी दिनुभयो । मतदाता नामावली दर्ताको काम सकिए पनि दर्ता भएकाहरुको विवरण रुजू गर्ने काम भइरहेको कार्यालयले जनाएको छ । यसअघि दाङमा ४ लाख १६ हजार ८ सय ८६ मतदाता थिए ।

जयनारायण पुन

अन्य

भिडियो