आन्दोलनपछि गठन भएको सरकारले आगामी ६ महिनाभित्र फागुन २१ गते निर्वाचनमा सहभागि हुनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि ताेकिएकाे समयसिमा भित्र कपिलवस्तु जिल्लामा ७ हजार २ भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निश्छल मोक्तानका अनुसार जिल्लामा पछिल्लो समयमा ७ हजार २ सय ४५ जना नयाँ मतदाताहरू थपिएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र जिल्ला निर्वाचन कार्यालयको समन्वयमा यो सङ्ख्या थपिएको हो ।
गत असोज १० गते देखि मङ्सिरको ५ गतेसम्म चलेको मतदाता नामावली सङ्कलनमा जिल्लाका ७ हजार २ सय ४५ जना मतदाता नामावलीमा नाम दर्ता गराएको जसमध्ये ७ हजार २ सय ९ जना कपिलवस्तु जिल्लाका र ३६ जना अन्य जिल्लाका रहेका सूचना अधिकारी मोक्तानले बताउनुभयो ।