INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन गरेको कसुरमा २० वर्ष कैदको फैसला

१८ वर्षीया युवतीलाई ललाईफकाई भारतमा लेगेर बेचेको कसुरमा दुप्चेश्वर गाउँपालिका–३ राउतवेसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई जिल्ला अदालत नुवाकोटले २० वर्षको कैद सजाय सुनाएको छ ।

न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले आरोपितलाई दोषी ठहर गर्दै पुस २९ गते २० वर्षको कैद सजायको फैसला गरेको हो ।

०७१ कात्तिक १९ गते नुवाकोटबाट हराएकी युवतीको परिवारले जिल्ला प्रहरी कार्यालयमा ०७१ कात्तिक २० गते आरोपितविरूद्ध उजुरी दिएका थिए ।

फरार रहेका आरोपितलाई काठमाडौँबाट ०७३ मङ्सिर १७ गते गिरफ्तार गरी नुवाकोट ल्याएर अनुसन्धान थालेको थियो ।

पीडित युवतीलाई भारतीय प्रहरीले उद्धार गरी ०७३ सालमा नेपाल फर्काएको नुवाकोट प्रहरीले जनाएको छ ।

अन्य

भिडियो