बर्दघाट नपा–३, लघुनाहाकी ३४ वर्षीया तरकुन नेशालाई हत्या गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति मनोज अन्सारीलाई पुस २९ गते गिरफ्तार गरेको छ ।
तरकुनलाई आरोपितले पुस २८ गते हत्या गरेको भन्दै माइती पक्षले पुस २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकोमा पुस ३० गते प्रहरीले गिरफ्तार गरी अनुसन्धानको लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका हवल्दार महेन्द्र चौधरीले बताए ।
शवको पोष्टमार्टम पुस २९ गते पृथ्वीचन्द्र अस्पतालमा गरिएको समेत हवल्दार चौधरीले बताए ।