INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारका लागि पुस्तक सङ्कलन गर्ने समितिमा इन्सेक

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका १० जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने अभियान सञ्चालन गर्ने भनेपछि हुम्लामा पनि पुस २९ गते एक समिति गठन गरिएको छ ।

सो समितिमा प्रहरी प्रशासन, विभिन्न सामाजिक सङ्घसंस्था, इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंह, महिला अधिकारकर्मी छपाल लामा, पत्रकार दाने बोहोरालगायतका १२ जनाको टोली अभियानमा जुटेको छ ।

हुम्लामा कारागार भवन नयाँ निर्माण हुँदै गरेको भए पनि विभिन्न मुद्दामा कारागारको सट्टामा वर्षौँसम्म बाहिरी संसार नियाल्न नपाएका तथा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने अभियान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन श्रेष्ठले बताए ।

कर्णाली प्रदेशका १० ओटै जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक दिने नमूना योजना प्रदेश सरकारले ल्याए अनुसार हुम्लामा पनि नमूना योजनाको कार्यान्वयन स्वरूप पुस २९ गते एक औपचारिक कार्यक्रमका बीच, कारागारमा पुस्तकालयका लागि पुस्तक सङ्कलन गर्ने अभियान सुरू गरिएको हो ।

यो कार्यक्रम राम्रो भन्दै बिचैमा छाड्न नहुने उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष छक्कबहादुर रोकायाको भनाई छ । उनले भने–‘कैदीबन्दीहरूलाई विभिन्न किसिमका पुस्तकहरू जुटाएर दिएपछि समय बितेको पत्तो नै हँुदैन । यसमा हामी सबै लाग्नु पर्ने हुन्छ ।’

त्यसैगरी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले वर्षौँदेखि वर्ष पुस्तक निकाल्दै आएको छ । यो वर्षको अङ्क पनि कैदीबन्दीलाई उपलब्धताका लागि डिएसपी रविन श्रेष्ठले इन्सेकलाई अनुरोध गरेका छन् ।

अन्य

भिडियो