INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

२५  वर्षीया सीता सुनारको हत्या गरेको आरोपमा प्रहरीले परिवर्तन गाउँपालिका-१ रोल्पा घर भई हाल दाङको घोराही उपमहानगरपालिका-१८ बस्ने २३ वर्षीय सन्जु सुनारलाई गिरफ्तार गरेको छ ।

आपसी विवादमा सुनारले ०८२ कात्तिक ३० गते पत्नीको हत्या गरेको भन्दै पीडित पक्षले कात्तिक ३० गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

शवको पोस्टमार्टम मङ्सिर १ गते राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा गरी आफन्तले बुझेर सद्गत गरे । आरोपितलाई हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

जयनारायण पुन

अन्य

भिडियो