१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुल्लू नगरपालिका–६ का २६ वषीय खगेन्द्र बिकलाई ०८२ कात्तिक ३० गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई कात्तिक २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २२ गते दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर लक्ष्मण पचभैयाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २२ गते दैलेख अस्पतालमा गरिएको छ ।