INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ कात्तिक ७ गते बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका–१ का २४ वर्षीय मनिष कुमार यादवविरुद्ध पीडित पक्षले कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको छ ।

घटना पश्चात आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।

आरोपितले घटना गाउँमै मिलाउनका लागि दबाब दिइरहेको र यादव भएकोले धाक धम्की समेत दिँदै आएको पीडित पक्षले बताएका छन् ।

बालिकाको स्वास्थ्य परीक्षण काब्कि २७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

बुधन साह

अन्य

भिडियो