INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

७१ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फलेवास नपा–५ का ४८ वर्षीय नारायणबहादुर कुँवरलाई पुस २५ गते गिरफ्तार गरेको छ ।

आरोपितले यस अघि मङ्सिर १४ गते पनि पीडितलाई बलात्कार गरेको र पुस २४ गते समेत पीडितकै घरमा पुगी बलात्कार प्रयास गरेको भन्दै पीडितका आफन्तले पुस २५ गते प्रहरीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा पुस २५ गते नै गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो