INSEC Online

📅 २०८३ जेष्ठ २१

अर्घाखाँचीमा १ हजार २ सय २९ जनाले मतदाता नामावली दर्ता गराए

०८२ फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्घाखाँची जिल्लामा १ हजार २ सय २९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

जिल्लाको एक मात्र निर्वाचन कार्यालय सदरमुकाम सन्धिखर्कमा ०८२ असोज १० गतेदेखि कातिक २५ गतेसम्म ७ सय ९५ जना पुरुष र ४ सय ३४ जना महिला गरी जम्मा १ हजार २ सय २९ जना १६ वर्ष उमेर पुगेका महिला पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी राजकुमार केसीले जानकारी दिनु भयो ।

उहाँले समय सीमा अनुसार कात्तिक मसान्तसम्म सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावलीमा नाम दर्ता प्रकृया चलिरहने बताउनु भयो ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी बुद्ध प्रकाश पौडेलले हाल जिल्लामा निर्वाचन कार्यालय एक मात्र भएकोले भौगोलिक हिसाबले कुनै पालिका वडाबाट आउन जान कठिनाई भए पनि सामाजिक सचेतनाको अवस्था अनुसार हामीले आशा गरे भन्दा धेरै कम संख्यामा दैनिक ७० देखि ९० जनाको नामावली दर्ता गराउन आइरहेको जानकारी दिनु भयो ।

पौडेलका अनुसार यस निर्वाचन कार्यालयमा आङ्खनो मतदाता नामावली ठाउ“ सारी पाउ“ भनी हालसम्म ५ सय ११ जनाले निवेदन माग दर्ता गराएका छन् । मतदाता नामावली प्रकृयाका लागि कार्यालय जनशक्ति, स्रोत र साधन पर्याप्त छ । कही“ कतैबाट कसैको दबाब विरोध नभएको, शान्त वातावरणमा काम भइरहेको छ । जिल्लामा अघिल्लो निर्वाचनको मतदाता संख्या १ लाख ६८ हजार ४ सय ४१ जना रहेको थियो । अघिल्ला निर्वाचनमा जस्तै यस निर्वाचनमा मतदाता नामावली दर्ता गराउन सामाजिक राजनीतिक रुपमा उत्साहित नदेखिएको बताउनु हुन्छ ।

कुलबहादुर नेपाली

अन्य

भिडियो