INSEC Online

📅 २०८३ जेष्ठ २१

तोडफोड तथा आगजनी घटनाका आरोपित गिरफ्तार 

जेनजी आन्दोलनका क्रममा दाङका सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले नै जनालाई गिरफ्तार गरेको छ ।

प्रहरीले घोराही उमनपा-१५ का २४ वर्सिय सुनिल थापा, २४ वर्षीय कुर्नाल श्रेष्ठ, १८ वर्षीय टेकम डागी, १८ वर्षीय विकेश पुन, छ्त्रेस्वरी-४ सल्यानका २६ वर्षीय अमरबहादुर वली, घोराही उमनपा-१३ का २९ वर्षीय  महेश घिमिरे, घोराही उमनपा- ९ का ३४ वर्षीय शरद बस्नेत र घोराही उमनपा-१३ का २५ वर्षीय सन्दीप घर्तिलाइ कात्तिक २३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएस्पी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दाङमा ०८२ भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीबाट १ अर्ब ११ करोड रुपियाँ बराबरको सरकारी सम्पत्ति नस्ट भएको थियो ।

जयनारायण पुन

अन्य

भिडियो