जिल्ला निर्वाचन कार्यालय बर्दियमा असोज ११ गते देखि कात्तिक २० गते पाँच सय नौ जना पुरुष र दुई सय ९७ जना महिला गरी ८ सय ६ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेको नायब सुब्बा एवम् सूचना अधिकारी अनुप ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले नाम दर्ता भनु भएका नयाँ मतदाताको फागुन १८ गतेसम्म १८ वर्ष पुरा भएमा फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न पाउनु हुनेछ ।
गुलरिया नगरपालिका –४ की २० वर्षीया गरिमा सिग्देलले फागुनमा हुने निर्वाचनमा मतदान गर्नमा लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हरेक पाँच वर्षमा निर्वाचन हुन्छ । हामीले मतदान गरेर निर्वाचित जनप्रतिनिधिले सरकार चलाउने भएको हुँदा योग्य सक्षम व्यक्तिलाई जिताउनु पर्छ । त्यहीँ भएर पनि मतदाता नामावलीमा नाम दर्ता गराउन आएकी हुँ ।
सरकारले आगामी २१ फागुनमा प्रतिनिधि सभा निर्वाचनको मिती तोकेको छ । त्यसको तयारीका लागि आयोगले १० असोजबाट कात्तिक मसान्तसम्म नामावली दर्ता खुला भएको छ । मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मात्र निर्वाचनमा मतदान गर्न पाउँछन् ।
निर्वाचन आयोगले असोज १० गते देखि दुई कात्तिक मसान्तसम्म ५२ दिनका लागि नामावली दर्ता खुला गरेको छ । तर असोज र कात्तिक महिनामा २० दिन चाडपर्व र अन्य बिदाले गर्दा मतदाता नामावलीमा ३२ दिन मात्र नामावली दर्ताको काम हुने देखिन्छ ।
बर्दियामा यस अघि नै मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या ३ लाख १७ हजार ३ सय ३४ जना रहेको छ ।