INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिमा इन्सेक जिल्ला प्रतिनिधि

रामेछापमा जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिएको छ । पुस २२ गते अधिकारकर्मीहरू तथा सरोकारवालाहरूको भेलाले सो सञ्जाल गठन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी अमरेन्द्रबहादुर सिंहको संयोजकत्वमा बनेको सो समितिमा जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रका इन्स्पेक्टर शनिश्वर थापा सदस्य सचिव रहेका छन् ।

समितिमा इन्सेक जिल्ला प्रतिनिधि नवराज पथिक, बार अध्यक्ष, गैसस महासङ्घका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका अध्यक्ष, नेपाल पत्रकार महासङ्घका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधहरू लगायत सदस्य रहेका छन् । समितिले लैङ्गिक हिंसा नियन्त्रणको लागि विभिन्न कार्यक्रम गर्ने जनाइएको छ ।

अन्य

भिडियो