INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा कास्की माछापुच्छ्रे गाँउपालिका–८ धम्पुसका ४३ वर्षीय वैकुण्ठ भण्डारीलाई प्रहरीले पुस २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालकलाई आरोपितले पुस ११ गते मिठाइ दिई ललाइफकाई यौन दुर्व्यवहार गरेको भनी पीडितका आफन्तले पुस २० गते जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिएका थिए ।

आरोपितले पटकपटक सो कार्य गरेको भनी पीडित पक्षले उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । पीडित बालकको स्वास्थ्य परीक्षण पुस २१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

अन्य

भिडियो