बर्दघाट नपा–४ की २१ वर्षीया कमला चौधरीको हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय पति सुनिल चौधरीलाई पुस १९ गते गिरफ्तार गरेको छ ।
पतिपत्नी दुवै जना पुस ४ गते जङ्गलमा घाँस दाउराको लागि गएका थिए । सोही अवस्थामा पत्नी हराएको भन्दै खोज्नको लागि सुनिलले गाउँलेलाई बोलाएर खोज्नसमेत हिँडेका थिए । आफैँले मारेर आफैँ खाज्न हिँडेर नाटक गरेको मृतकका माइती पक्षको आरोप छ ।
स्थानीय महिलाहरूले घाँस दाउरा लिन गएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकका माइती पक्षले सुनिलले नै हत्या गरेको भन्दै पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । शवको पोष्टमार्टम पुस १९ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।