INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धर्मदेवी नगरपालिका –४ का ३० बर्षीय अनिल रोक्कालाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई २०८२ वैशाख ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख ३० गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै फरार भएका रोक्कालाई चैनपुर नगरपालिकाबाट अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार प्रसाद मैनालीले बताउनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

भविन कार्की 

अन्य

भिडियो