चंखेली गाउँपालिका–५ स्थित नेप्काका स्थानीयहरु टाँके भ्याली पुग्न जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । टाँके भ्याली जाने बाटोमा खोलाहरू तर्नु पर्ने तर पुल नहुँदा उनीहरुले जोखिमको यात्रा गर्न बाध्य भएका हुन् ।
स्थानीयहरू तिनै काठेपुलको जोखिम मोल्दै टाँके पुग्ने गरेको चंखेली गाउँपालिका–५ का स्थानीय जसबहादुर तामाङले गुनासो गर्नुभयो । टाँके भ्याली पुग्न खोला नालाहरूमा झुलुङ्गे पुल पनि नहुँदा बर्खाको समयमा खोला बढ्दा समस्या हुने गरेको उहाँले बताउनु भयो । नेप्कावासी पशु चौपाया पाल्न र चिनको हरियाचौर व्यापार गर्न टाँके भ्याली पुग्नुपर्छ । तर, त्यहाँ पुग्न दर्जनौं ठाउँमा खोला तर्नुपर्छ । ती खोला काठहरू तेस्र्याएर बनाइएका जोखिमपूर्ण काठेपुलको सहायतामा तर्नुपर्छ ।

यता जनप्रतिनिधिहरू भने टाँके पुग्दा हेलिकप्टर चार्टर गरेर जान्छन् । तर, नागरिकहरु भने त्यस ठाउँ पुग्नका लागि ज्यान जोखिम राखेर जानुपर्ने बाध्यता रहेको स्थानीय तामाङको भनाई छ । त्यस क्षेत्रका लागि पुल बनाउने तर्फ भने जनप्रतिनिधिको ध्यान नगएको स्थानीय नागरिकको गुनासो छ ।
नन्द सिंह