INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्याका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला

भगवानपुर गाउँपालिका–१ का ३० वर्षीय बालकृष्ण यादवलाई पत्नी हत्याको कसुरमा जिल्ला अदालतले पुष १७ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश सुदर्सनराज पाण्डेको एकल इजलाशले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए ।

२५ वर्षीया रामकला यादवलाई ०७४ असार १३ गते आरोपितले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा सोही दिन उजुरी हाले ।

शवको पोष्टमार्टम लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा असार १३ गते भएको थियो । इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई असार १३ गते गिरफ्तार गरेको थियो भने आरोपित जिल्ला अदालतको आदेशमा साउन ४ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

अन्य

भिडियो