विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा थुनामा रहेका सुन्दरहरैँचा नगरपालिका–७ का ३२ वर्षीय गोपाल भनिने जितप्रसाद सापकोटाको कात्तिक ७ गते मृत्यु भएको छ।
लागुऔषध मुद्दामा जिल्ला अदालतको ०८२ साउन ११ गतेको आदेशले साउन १२ गतेदेखि थुनामा रहेका सापकोटाको उपचारका क्रममा ०८२ कात्तिक ७ गते कोशी अस्पतालमा मृत्यु भएको कारागारका जेलर गौरव ढुङ्गेलले बताउनु भयो।
अचानक शरीर सुन्निने, सास फेर्न गाह्रो हुने समस्या देखिएपछि उनलाई उपचारका लागि ०८२ असोज २७ गते राति विराटनगरकै कोशी अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्य अवस्था थप जटिल भएपछि कोशी अस्पतालले सापकोटालाई कात्तिक ६ गते विराटनगरकै नोबेल शिक्षण अस्पताल रेफर गरेको थियो।
नोवेल अस्पतालमा उपचारकै क्रममा कात्तिक ७ गते राति सापकोटाको मृत्यु भएको जेलर ढुङ्गेलले बताउनु भयो।
सापकोटाको फोक्सोमा पानी जमेको र कलेजो पूर्णरूपमा खराब भएकाले बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
सापकोटाको शव कात्तिक ८ गते पीडित परिवारले बुझेर लगेका छन् ।
कोशी प्रदेश कार्यालय