INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुस ११ गते मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका–६ का ३३ वर्षीय कमलप्रसाद मिश्रविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए । पुस १० गते गिरफ्तार गरिएका आरोपितको जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको इन्स्पेक्टर पौडेलले जानकारी दिए ।

युवतीलाई विभिन्न प्रलोभन देखाई भदौ ३१ गते आरोपितले बलात्कार गरेको पीडितका आफन्तले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १० गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो