नेपाली सेनाले गोलबजार-४ मा भेटिएको कुकर बम पुस-८ गते डिष्पोज गरेको छ । गोलबजार नपा-४ मा आज बिहान भेटिएको कुकर बम चोहर्वा स्थित नया गोरखगणको टोलीले बम डिष्पोज गरेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर नविन घिमिरेले बताए ।
बम भेटिएको ठाउँमा स्वतन्त्र तराई निर्माण सेनाको पर्चा भेटिए पनि अनुसन्धान सुरु गरेको इन्स्पेक्टर घिमिरेले बाताए ।