स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन शिक्षा स्वास्थ्य र खाध्य अधिकारका सवालमा ०७५ पुस ८ गते बुद्धभुमि नपा ४ का वडा अध्यक्षको ध्यानकर्षण गराएको छ ।
इन्सेक नेपालगन्ज र मानवअधिकार निगरानी समुहद्धारा बुद्धभुमि नगरपालिका ४ मा रहेको स्वास्थ्य, र खाध्य अधिकार अन्तरगतका स्थानीय समस्याका वारे ज्ञापनपत्र बुझाई वडा अध्यक्ष तथा वडा कार्यालयका प्रतिनिधिको ध्यान आकृष्ट गरिएको हो ।
नगरपालिका खुला दिशा मुक्त घोषणा गरिए पनि वडा न ४ का प्रतिक्षालयमा झुपडी तथा पसलहरूमा सौचालय नरहेको र साप्ताहिक हाड वजार लाग्ने र वस स्टेसन समेत रहेकोले सार्वजनिक सौचालय निमार्णका लागी वडा कार्यालयको ध्यान आकृष्ट गरिएको छ । सार्वजनिक सौचालय नहुदा बजार आउने नागरिकहरूले खुलम खुला जगलमा दिशा पिसाव गर्ने हुदा फोहर हुनुको साथै बजारमा खुला बेचिने खाध्यान लगाएतवाट रोग लाग्न सक्ने भन्दै सार्वजनिक सौचालय निमार्णमा लागी जोड दिएको छ । हाड बजारमा खुलमखुला कुखुरा, माछा लगाएतका माशुजन्य बस्तु विक्रि वितरण गरिदा मानव स्वास्थ्यमा गंभिर असर पर्ने हुदा मासु पसल ब्यवस्थित गर्न आग्रह गरिउको छ ।
यसै गरी नगरपालिकाले कृवाकका लागी वितरण गरिने विउ पल मल आदी खेती गर्ने समयमा उपलब्ध नगराउने तथा किसानले खेति गरिसके पछि वितरण गर्ने तथा पहुचका आधारमा वितरण गर्ने परिपाटीको अन्त गरि समयमा मलविउ उपलब्ध गराउनु पर्ने र वितरणका लागी मापदण्ड निमार्ण गरी लक्षित समुदायमा पुर्याउन आग्रह गरेको छ । यसै गरी बजार अनुगमन गर्नु पर्ने, नगरपालिकाको कार्यालय देखि बुड्ढी चोक सम्मको सडकमाजगल पर्ने हुँदा सर्वसाधारणनागरिक रातीमा हिडन डरत्रास हुने हुदा सोलार बत्तिको ब्यावस्था गर्न समेत आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझे पछि भएको संवादमा वडा अध्यक्ष पवन कुमार थारुले इन्सेक तथा मानवअधिकार निगरानी समूहले पटक पटक समस्याका बारे घचघचाएकोमा धन्यवाद दिदै ज्ञापनपत्रमा उल्लेखित समस्या प्रति आफ्नो ध्यानाकर्षण भएकोले केहि यसै वर्षभित्र तथा केही आगामी योजनामा समेटनेगरी पुरा गर्ने प्रतिबद्धता जनाएका छन ।
मानवअधिकार निगरानी समूहका संयोजक भोजराज पोखरेलको अगुवाई तथा इन्सेक सहजकर्ता नन्दराम पौडेल, मानवअधिकार निगरानी समूह जिल्ला सदस्य पार्वती आचार्य, मानव अधिकार निगरानी समूह बुड्ढीकी कोषाध्यक्ष रमिता मरासिनी, सदस्य मालती घिमिरे, शुनिल आर्चाय लगाएतको सहभागीतामा वडा कार्यालयमा सवाद तथा ज्ञापनपत्र बुझाउने काम भएको थियो ।