INSEC Online

📅 २०८३ असार १०

बाल सुधार गृहमा रहेका एक जनाको मृत्यु

फुड्सिल गाउँपालिका–७ खतेडी निवासी बाल सुधार गृह, डोटीमा राखिएका १९ वर्षीय श्याम बिकको ०८२ असोज १९ गते मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय, डोटीका इन्स्पेक्टर नवराज रावलले सुधार गृहमा राखिएका बिक सुधार गृह भित्रैको सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताउनु भयो ।

कोठामा कपडा झुन्ड्याउन राखिएको डोरीले पङ्खा झुन्ड्याउन बनाएको हुकमा पासो लगाएको अवस्थामा भेटिएका बिकको डिउटीमा रहेका प्रहरी हबल्दार बिर्ख रोकायले पासाे काटेर जिल्ला अस्पताल लगिएको भए पनि चेकजाँचपछि डाक्टरले मृत घोषणा गरेको उहाँले बताउनु भयो ।

०८२ भदौ २४ गते बालसुधार गृहबाट भागेका बि.कलाई बुवा लालबहादुर बिक लगायतका आफन्तले असोज १८ गते मात्रै प्रहरीको जिम्मा लगाएको र प्रहरीले असोज १९ गते बिहान ८.३० बजे बाल सुधार गृहमा पठाएको बाल सुधार गृहकी प्रमुख सानुमाया लिम्बुले बताउनु भयो  ।

सुधार गृहमा ल्याइएका बिकलाई सम्झाई बुझाई गरेपछि कोठामा सामान राख्न गएका बिकले डोरीले पासो लगाएर आत्महत्या गरेको उहाँले बताउनु भयो ।

शवको असोज १९ गते जिल्ला अस्पताल, डोटीमा पोस्टमार्टम गरी सोही दिन आफन्तलाई जिम्मा लगाइएको समेत बाल सुधार गृहकी प्रमुख लिम्बुले बताउनु भयो ।

सुबास नेपाली

अन्य

भिडियो