१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला गढी गाँउपालिका–४ स्थायी घर भई पौवादुङ गाँउपालिका–२ तिवारीभञ्जाङमा डेरागरी बस्दै आएका १९ वर्षीय अर्जुन मण्डललाई पुस ४ गते प्रहरीले गिरफ्तार गरेको छ ।
०७५ कात्तिक २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको सो कार्यालयका डिएसपी केशबकुमार थवेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ४ गते जिल्ला अस्पतालमा गरिएको छ ।