INSEC Online

📅 २०८३ जेष्ठ २१

दलितहरुको घर तोडफोड गरेको आरोपमा वडा अध्यक्ष सहित तीन गिरफ्तार

कल्याणपुर नगरपालिका–८ का दलित समुदायको घरमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले सोही नपा–८ का वडाध्यक्ष ४५ वर्षीय रामकिसोर यादव, ६० वर्षीय गणेश कामती र ४० वर्षीय शैलेन्द्र सिंहलाई ०८२ असोज १८ गते गिरफ्तार गरेको छ ।

असोज १ गते विश्वकर्मा पुजामा स्थानीय प्रभास सिंह लगायतका समूहहरुसँग भएको विवादलाई लिएर पीडितहरुले असोज ३ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएका थिए । प्रहरीले छलफलको लागि बोलाए पनि आरोपितहरु छलफलमा नगएको र असोज १७ गते पीडितहरु राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवानको घरमा तोडफोड, लुटपाट र दुव्र्यवहार गरेको सोभित पासवानले बताउनु भयो । हामी गरीबहरुको घरमा तोडफोड गरी लुटपाट गरेकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा वडा अध्यक्ष रामकिसोर यादव, शैलेन्द्र यादव, नितेश सिहं, प्रभास सिंह लगायत १३ जना विरुद्ध असोज १८ गते उजुरी दिएको सोभितले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अन्नतराम शर्माका अनुसार घटनामा संल्गन भएको आरोमा वडाध्यक्ष र शैलेन्द्रलाई असोज १८ गते र गणेशलाई १७ गते गिरफ्तार गरेको बताउनु भयो । अन्य आरोपितहरु फरार रहेकोले खोजी भइरहेको बताउनु भयो ।

दुर्गा परियार

अन्य

भिडियो