राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीले छाउप्रथा सामाजिक मान्यताका नाममा गाँजिएको कुरिति भएको बताएकी छन् ।
आयोगद्वारा पुस ५ गते दैलेखमा आयोजित छाउपडी प्रथासम्बन्धी राष्ट्रिय जाँचबुझ कार्यक्रममा प्रवक्ता अन्सारीले कुरीति हटाउन सामाजिक मनोविज्ञान बदल्नुपर्ने धारणा राखिन् । उनले राजनीतिक दललाई महिला हिंसा रोकथामका लागि जुट्न आग्रह गरिन् ।
कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानान्धरले महिनावारी वा सुत्केरी भएको बेला छाउगोठमा राख्न लगाउनेलाई तीन महिना कैद र ३ हजार रुपियँसम्म जरिबाना गर्न सक्ने कानुनी व्यवस्था भएको र उजुरी गर्न आए कारवाही गरिने बताए ।