बोलाईसम्बन्धी अपाङ्गता भएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फाल्गुनन्द गाउँपालिका- २ का २६ वर्षीय सुरेश भूजेलविरूद्ध पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
पीडितका आफन्तले पुस २ गते दिएको उजुरी ३ गते दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए ।
पीडित युवतीलाई आरोपितले मङ्सिर २८ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित युवतीको स्वास्थ्य परीक्षण पुस २ गते जिल्ला अस्पतालमा गरिएको छ ।