२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा अरुण गाँउपालिका-४ का २८ वर्षीय सन्तोष विश्वकर्मालाई जिल्ला अदालत भोजपुरले ६ वर्षकैदसहित ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
न्यायाधीश हरिश्चन्द्र इङनामको इजालसले सो फैसला सुनाएको अदालतका श्रेस्तेदार राजनकुमार दाहालले बताए ।
पीडितले आरोपितविरूद्ध असोज ११ गते उजुरी दिएको अधारमा सोही दिन गिरफ्तार गरी प्रहरीले कारवाही अघि बढाएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ११ गते जिल्ला अस्पतालमा गरिएको थियो ।