INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिवास नपा-४ माईस्थानका १८ वर्षीय रविशङ्कर क्याप्छाकी मगरलाई पुस २ गते गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी खगेन्द्र खड्काले दिएको जानकारी अनुसार पीडित बालिकालाई मङ्सिर २९ गते बलात्कार गरेको उजुरीको आधारमा गिरफ्तार गरी मुद्दा चलाइएको छ ।

पीडित परिवारले पुस २ गते इलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी दिएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण बर्दिवास अस्पतालमा पुस २ गते गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो