१९ वर्षीय युवतीलाई सामाजिक सञ्जालमा चलित हत्या गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिका- २१ कुर्थाका २४ वर्षीय सुरेन्द्र दास विरुद्ध पीडित पक्षले २०८२ असोज २ गते जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत अपराध अनुसन्धान शाखामा उजुरी दिएकी छन्।
पीडित पक्षाका अनुसार भदौ २८ गते सामाजिक सञ्जालमा अश्लिल भिडियो अपलोड गरी चरित्र हत्या गरेको बताए छ।
आरोपित फरार रहेकोले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका अपराध अनुसन्धान शाखाका वरिष्ठ हवल्दार सन्तोष चौधरीले बताउनुभयो।