INSEC Online

📅 २०८३ जेष्ठ २१

आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएका वडा कार्यालयको अनुगमन र घाइतेसँग भेटघाट

कर्णाली प्रदेशमा आन्दोलनका क्रममा ०८२ भदौ २४ गते आगजनी तथा तोडफोडबाट वीरेन्द्रनगर नगरपालिकाका वडा कार्यालयमा क्षति भएका संरचनाको इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले राष्ट्रिय मानव अधिकार आयोगसँगको समन्वयमा असोज २ गते संयुक्त अनुगमन गरेको छ ।

संयुक्त टोलीले आन्दोलनका क्रममा क्षति पुगेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका स्थित ४, ६, ८ र १२ नम्बर वडा कार्यालय, सिटि हल, आन्दोलनका क्रममा भदौ २४ गते वीरेन्द्रनगर नगरपालिका–७ मा प्रहरीको गोलीबाट घाइते भएका दैलेख दुल्लु नगरपालिका–५ रिजु घरभई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ एरिचोकमा बस्दै आएका २१ वर्षीय दिलबहादुर खत्रीको स्वास्थ्य अवस्था बुझेको छ । उनको घाँटीमा गोली र हातमा चोट लागेको छ ।

Photo 2025-09-19 Surkhet (3)

अनुगमनका क्रममा घाइतेलाई तत्काल प्रहरीको सहयोगमा अस्पताल पुर्‍याइएको पाइएको, घाइतेको नियमित फलोअप प्रदेश अस्पतालमा भएको र उपचार नि:शुल्क भएको पाइएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयको प्रहरी मुचुल्का प्रहरीले बनाएपछि वडा कार्यालयमा सरसफाई भइरहेको भएपनि सेवा प्रवाह भने अझै सुरु हुन सकेको छैन ।

Photo 2025-09-19 Surkhet (1)

Photo 2025-09-19 Surkhet (2)

अनुगमन टोलीमा इन्सेकका नारायण सुवेदी, जगतदल जनाला विक, राष्ट्रिय मानव अधिकार आयोगका राजेन्द्र न्यौपाने, कविता नेपाली र मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकाल रहनु भएको थियो ।

अन्य

भिडियो