INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोका कारण ११ परिवार विस्थापित, १२ ओटा घर उच्च जोखिममा

कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनसुन हिमाली जिल्ला ताप्लेजुङमा पुन सक्रिय भएसँगै बाढीपहिरोका कारण मैवाखोला गाउँपालिकामा ११ परिवार विस्थापित हुनु परेको छ । १२ ओटा घर पहिरोको उच्च जोखिममा परेका छन् ।

photo 20250918 taplejung

केही दिनयताको निरन्तर वर्षाका कारण विभिन्न पहिरो जाँदा स्थानीय बासिन्दा विस्थापित हुनुका साथै एक दर्जन परिवार पहिरोको जोखिममा परेका हुन ।

मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले मैवाखोला गाउँपालिका-२ ढुङ्गेसाँघु, मैवाखोला गाउँपालिका-४ साँघु, मैवाखोला गाउँपालिका-५ र मैवाखोला गाउँपालिका-६ फाकुम्बामा पहिरोले क्षति गरेको हो ।

पहिलोका कारण ढुङ्गेसाँघुमा दुई घरपरिवार विस्थापित भएको अध्यक्ष वनेमले बताउनु भयो । मैवाखोला गाउँपालिका-४ साँघुमा पाँच घर पहिरोको उच्च जोखिममा परेका छन । मैवाखोला गाउँपालिका-५ मा एक घर विस्थापित र सात घर जोखिममा परेका छन ।

मैवाखोला गाउँपालिका-६ मा भने पहिरोका कारण आठ घरपरिवार विस्थापित भएका अध्यक्ष वनेमले बताउनु भएको छ ।

अन्य

भिडियो