INSEC Online

📅 २०८३ जेष्ठ २१

गुल्मीमा बिषालु च्याउ खाँदा ६ जना बिरामी

गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा जङ्गलबाट ल्याएको बिषालु च्याउ खाँदा ६ जना बिरामी परेका छन् । बिरामी हुनेहरुमा एकै परिवारका ८३ वर्षीय केरसिंह रजाली, बुहारी ३३ वर्षीया हिमा रजाली, नातिनीहरु १६ वर्षीया एलिना रजाली, १३ वर्षीया बिपना रजाली, नाती १० वर्षीय किरण रजाली रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गंगाबहादुर सारुले जानकारी दिनुभयो । त्यस्तै छिमेकी ३६ वर्षीया विपना रजाली पनि च्याउ खाएर बिरामी परेको डिएसपी सारुले बताउनु भयो ।

सबै बिरामीहरुको स्थानीय शुभसारथि मेडिकलमा स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गत असारमा विषालु च्याउ खाँदा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल बिरामी परेका थिए । च्याउकै कारण गत वर्ष रेसुंगा नगरपालिका– ८ खानीगाँउका ६५ वर्षीय टोपबहादुर थापाको परिवार बिरामी परेको थियो । रेसुंगा सामुदायिक वनबाट ल्याएको डल्ले च्याउजस्तो देखिने जंगली च्याउ खाएका टोपबहादुर थापासहित ६२ वर्षीया दिलकुमारी श्रीस, ३८ वर्षीय लक्ष्मण थापा, २९ वर्षीय विकास थापा, १० वर्षीया दीपिका थापा, १२ वर्षीया विनिसा थापा, ४२ वर्षीया सिर्जना काउछा ३९ वर्षीया गीता थापा बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अन्य

भिडियो