जेनजी आन्दोलनका क्रममा कञ्चनपुर जिल्ला कारागारबाट भागेका एक जना कैदी घरमा मृत भेटिएका छन् । ।बेलडाँडी गाँउपालिका–१ का २६ वर्षीय पदमराज भट्ट घरमा मृत भेटिएका हुनु । लागुऔषध मुद्दामा भट्ट दुई वर्षदेखि कञ्चनपुर जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका थिए । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी सागर बोहराले कारागारबाट भागेका भट्ट भादौ २८ गते घरमै मृत फेला परेका र गाउँमा गएपछि भदौ २६ गते युवाहरुबिच झगडा भएको पाइएकोले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो । अदालतले भट्टलाई लागुऔषध मुद्दामा ५ वर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो । ।
फरार कैदीबन्दी पुनः कारागारमा फर्किने क्रम जारी
जेनजी आन्दोलनका क्रममा कञ्चनपुर जिल्ला कारागारबाट भागेका ४ सय ४८ जना कैदीबन्दी मध्ये भदौ ३० गतेसम्म २ सय ५२ जना कैदीबन्दी पुनः कारागारमा फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सागर बोहराका अनुसार कारागारमा रहेका ४ सय ७९ कैदीबन्दी मध्ये २ सय ५२ जनालाई कारागार फिर्ता भएका छन् । उहाँले भन्नुयभो– “केहीलाई नियन्त्रणमा लिएर कारागारमा बुझायौँ । सम्पर्कमा नआएकाहरुको खोजी कार्य भइरहेको छ । केही कैदीबन्दी स्वस्फुर्त रुपमा कारागार फिर्ता भएका हुन् । ३१ जना कैदीबन्दी कारागारबाट भागेका थिएनन् । अझै १ सय ९६ कैदी बन्दीबन्दी फरार छन् ।
कञ्चनपुर जिल्ला कारागारका निमित्त प्रशासक रामदत्त जोशीले कुल ४ सय ७९ कैदीबन्दी रहेकोमा भदौ २४ गते झण्डै ४ सयको सङ्ख्यामा घरेलु हातहतियार सहित आएका व्यक्तिहरु कारागार प्रवेश गरी मुल गेटको ताला तोडेर कैदीबन्दीह्रुलाई भागाउन सहयोग गरेको बताउनु भयो ।
हालसम्म सम्पर्कमा नआएका कैदीबन्दीहरूको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको र कञ्चनपुर जिल्ला कारागारमा २६ महिला सहित ४ सय ७९ कैदीबन्दी मध्ये १३ जना भारतीय नागरिक, लागुऔषध सम्बन्धी मुद्दाका १ सय ६९ जना, जबरजस्तीकरणी उद्योगका एक विदेशी नागरिक, एक महिला र ९८ जना पुरुष, कर्तव्य ज्यान मुद्दाका ५८ जना, ज्यान मार्ने उद्योगका आठ जना, मानव बेचबिखन तथा ओसार पसारमा १८ जना, चोरीतर्फ ६५ जना, ठगी मुद्दाका नौ जना, सवारी ज्यान मुद्दाका १० जना, वन्यजन्तु मुद्दाका एक जना, बहुविवाह मुद्दाका ११ जना, साङ्गठानीक अपराधका सात जना र विविध मुद्दा अन्तर्गत १० जना कैदीबन्दहरु कारागारबाट भागेको उहाँले बताउनु भयो ।
कारागारबाट भागेका आठ जना कैदीबन्दीलाई भारतीय सीमानाका गड्डाचौकीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चेकजाँजका क्रममा नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको छ ।