INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास गरेको कसुरमा सजाय तोकिएका व्यक्ति गिरफ्तारपछि जेल चलान

६९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा हरिनास गाउँपालिका–२ का ६० वर्षीय चेतबहादुर थापालाई प्रहरीले मङ्सिर २७ गिरफ्तार गरी अदालत पेश गरेपश्चात मङ्सिर २८ गते जेल चलान गरेको छ ।

पीडित महिलालाई थापाले ०७१ साल जेठ २१ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी अदालत पेश गरेकोमा जिल्ला अदालतको थुनछेक आदेशमा ०७१ असार १६ गते ३१ हजार रुपियाँ धरौटी राखी तारेखमा छुटेका थापालाई ०७१ फागुन २८ गते स्याङ्जा जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।

अदालतको फैसला बमोजिम २ वर्ष १० महिना ३ दिन कैद तोकिएकोमा फरार रहेका थापालाई इलाका प्रहरी कार्यालय चिसापानीबाट गएको प्रहरीको टोलीले मङ्सिर २७ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो ।

गिरफ्तार पछि अदालत पेश गरिएकोमा जिल्ला अदालतको आदेश बमोजिम सजाय भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

अन्य

भिडियो