आन्दोलनका क्रममा ०८२ भदौ २४ गते वीरगञ्ज महानगरपालिका–१३ पावरहाउस स्थित नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य अनिल रुंगटाको घरमा प्रदर्शनकारीहरुले तोडफोड र आगजनी गर्दा घाइते भएकी ५० वर्षीया सुशिला देवी हजाराको मृत्यु भएको छ ।
सखुवाप्रसौनी गाउँपालिका–१ की हजाराको उपचारको क्रममा काठमाडौँस्थित कीर्तिपुर वर्न अस्पतालमा असोज ७ गते मृत्यु भएको हो ।
वीरगञ्ज पावरहाउस स्थित रुंगटाको तीन ओटा घरमा आन्दोलनकारीहरुले तोडफोड र आगजनी गरेका थिए ।