INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णाली प्रदेशका ३५ जना कैदीबन्दी अझै सम्पर्क विहीन

आन्दोलनको मौका छोपेर कारागारमा तोडफोड गर्दै ०८२ भदौ २४ गते साँझ भागेका दुई जिल्लाका ३५ जना कैदीबन्दी अझै भेटिएका छैनन् । रुकुमपश्चिमका जिल्ला प्रतिनिधि जीवन खड्काका अनुसार ८८ जना फरार कैदीबन्दी मध्ये ६४ जना प्रहरीको सम्पर्कमा आएपनि असोज ७ गतेसम्म २४ जना सम्पर्क विहीन छन् । त्यस्तै जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार ४१ जना कैदीबन्दी भागेकोमा ३० जना प्रहरीको समपर्कमा आएको र असोज ७ गतेसम्म ११ जना फरार रहेका छन् ।

पाँच महिला र २० पुरुष गरी २५ जना क्षमता भएको रुकुमपश्चिम कारागारमा भदौ २४ गतेसम्म १ सय ५८ जना कैदीबन्दी रहेका थिए । त्यस्तै ८० महिला र १ सय २० जना पुरुष क्षमता भएको जुम्ला कारागारमा भदौ २४ गतेसम्म ९७ जना कैदीबन्दी रहेका थिए ।

स्थानीय प्रशासनले उनीहरुको खोजी कार्यलाई तीब्र बनाए पनि उनीहरु हालसम्म फेला परेका छैनन् । कोही कैदीबन्दीहरु आफैं प्रहरीको सम्पर्कमा आएपनि अधिकांशलाई प्रहरीले गिरफ्तार गरेर कारागार पठाएको छ ।

नागरिकहरुलाई उनीहरुको खोजी कार्यमा सहयोग गर्न र सम्पर्कमा आउन प्रशासनले सार्वजनिक सूचना मार्फत अपिल गरेको छ ।

रागारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले सुरक्षा दिइरहेको छ ।

अन्य

भिडियो