INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन जना फरार कैदी गिरफ्तार

भ्रष्टाचार,  अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरूद्धको जेनजी पुस्ताको आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागार र काठमाण्डौँको नख्खु कारागारबाट फरार भएका तीन जना कैदीलाई प्रहरीले सङ्खुवासभामा गिरफ्तार गरेको छ ।

जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट फरार भएका तीन जना कैदीलाई प्रहरीले ०८२ असोज ६ गते गिरफ्तार गरेको हो ।

प्रहरीले चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई चैनपुर नगरपालिका–१० स्थित घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।

सुनसरीको क्षेत्रीय कारागार, झुम्काबाट फरार भएका बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका कैदी चैनपुर नगरपालिका–९ का ३१ वर्षीय सुभाष तामाङ र बलात्कार प्रयास घटनामा कैद भुत्तान गरिरहेका चिचिला गाउँपालिका–२ का अन्दाजी ५७ बर्षीय गोम्बु शेर्पालाई गिरफ्तार गरिएको इन्स्पेक्टर लामिछानेले बताउनु भयो ।

तामाङ र शेर्पा झुम्का कारागारबाट भागेका हुन् भने राई नख्खु कारागारबाट भागेका थिए ।

गिरफ्तारीमा परेका तीनै जना कैदीहरुलाई ०८२ असोज ८ गते क्षेत्रीय कारागार झुम्कामा बझाउने तयारी गरिएको  जिल्ला कारागार खाँदबारीका प्रमुख राजन घिमिरेले बताउनु भएको छ ।

अन्य

भिडियो