INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपालगञ्जमा आयोजित मानव अधिकार महाभेला सम्पन्न

दशौँ मानव अधिकार राष्ट्रिय महाभेला मङ्सिर २६ गते नेपालगञ्जमा सम्पन्न गरिएको छ । फातिमा फाउण्डेशनको संयोजन तथा आईएचआरसीको सह संयोजन र राष्ट्रिय मानव अधिकार अयोग, उच्च अदालत बार, जिल्ला अदालत वार एसोशियसन, इन्सेकलगायत विभिन्न सङ्घ संस्थाको आयोजना तथा सहकार्यमा प्रदेश ५ मा  दशौँ मानव अधिकार राष्ट्रिय महाभेला सम्पन्न गरिएको हो ।

photo20181213banke

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलाशका न्यायाधीश प्रेमराज कार्कीले मानव अधिकारको प्रत्याभूतिका लागि अधिकार मात्र नभई कतव्र्यबोध हुनु पर्नेमा जोड दिए ।

उनले हरेक नागरिकले कानुनी शासनमा रहेर मानव अधिकारको संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा अधिवक्ता बसन्त गौतमले दिगो विकास र मानव अधिकारबारे अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

दशँैं मानव अधिकार राष्ट्रिय महाभेला–०७५ लाई सफल बनाउन बाँके, बर्दिया र दाङ जिल्लाबाट १ सयभन्दा बढी मानव अधिकारकर्मीको सहभागिता रहेको फातिमा फाउण्डेशन नेपालकी अध्यक्ष मैमुुना सिद्धिकीले बताइन् ।

अन्य

भिडियो