अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान समापन कार्यक्रम मङ्सिर २४ गते गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र कानुनी सहयोग तथा परामर्श केन्द्रको सह आयोजना तथा चौतारा सागाचोकगढी नगरपालिकाको आयोजनामा विविध कार्यक्रमसहित अभियानको औपचारिक समापन गरिएको हो ।
कार्यक्रममा कानुनी सहयोग तथा परामर्श केन्द्रका जिल्ला संयोजक चन्द्रकुमार बस्नेतले वर्तमान अवस्थाका कानुनी प्रावधानहरूको बारेमा सहभागीहरूलाई जानकारी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले भने–‘कानुनमा लेखेर मात्र हुँदैन, लेखिएका कनुनहरू व्यवहारमा प्रयोग गर्दा मात्रै कानुनमा लेखिएको सान्दर्भिकता हुन्छ ।’
जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द मरासैनिले लैङ्गिक हिंसा विरूद्धका घटनाहरू न्यूनीकरणका लागि प्रहरी सङ्गठन सधैँ क्रियाशील हुने बताए ।
