INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले साँफेबगर नगरपालिका–४ भण्डारीगाउँका ३३ वर्षीय मिलन भुललाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङसिर २४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए ।

आरोपितलाई साँफेबगरबाट सदरमुकाम मङ्गलसेनस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याएर अदालतबाट म्याद थपेर अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरी प्रमुख शाहीले बताए ।

अन्य

भिडियो