INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारका लागि लैजाँदै गरेका कैदीको बाटैमा मृत्यु

केन्द्रीय कारागार काठमाडौँबाट मङ्सिर २३ गते भरतपुर कारागार ल्याइएका कैदीको मङ्सिर २४ गते निधन भएको छ ।

टाउकोमा ट्युमर भएको भनी क्यान्सरको आशङ्कामा कारागारकै गाडीमा उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा ३५ वर्षीय धनेश शाहको गाडीमै निधन भएको जिल्ला कारागार भरतपुरका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।

बारा जिल्ला मुसरहरबा स्थायी ठेगाना भएका शाह लागूऔषध खैरो हिरोइनको कारोबार मुद्दामा ०६३ जेठ ९ गते जेल परेका थिए । उनलाई १५ वर्षकैद र ५ लाख रुपियाँ जरिबाना तोकिएको थियो ।

अन्य

भिडियो