INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षबाट हुम्लाका तीन ओटा विद्यालय एकै रातमा तोडफोड

हुम्लाको सदरमुकाम सिमकोटमा रहेका तीन ओटा विद्यालय एकै रातमा अज्ञात पक्षले तोडफोड गरेको छ ।

जिल्लामा दिन प्रति दिन चिसो बढेसँगै घर भन्दा बाहिर कोही मानिस निस्कन नसक्ने भएका कारण अज्ञात पक्षबाट तोडफोडका घटना हुन थालेका छन् ।

तोडफोड हुने विद्यालयमा सिमकोट गाउँपालिका–६ स्थित समता विद्यालय, सोही ठाउँकै मानसरोवर मावि र कैलाश बोधी बोर्डिङ्ग स्कुलमा मङ्सिर २१ गते राति तोडफोड गरिएको छ ।

बजारको मध्य क्षेत्रमा रहेको समता विद्यालयबाट ३५ हजार नगद लगेको र विद्यार्थीहरू बस्ने टेवुल समेत तोडफोड गरेको समता विद्यालयका प्रिन्सिपल छक्कबहादुर लामाले बताए । उनले भने–‘विभिन्न व्यक्तिले दान दिएको दुई ओटा चन्दा बाकस पनि कच्याक कुचुक पारेको छ ।’

मानसरोवर माविमा पनि विद्यार्थी बस्ने टेबुल, बेञ्च, झ्याल, ढोका तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए ।

विद्यालयहरूले विद्यालय तोडफोड भएको सम्बन्धमा मङ्सिर २२ गते प्रहरीसमक्ष मौखिक उजुरी गरेको प्रहरीले जनायो ।

अन्य

भिडियो