पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सितगङ्गा नगरपालिका–१३ का ३० वर्षीय देवबहादुर सुनाखरीलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ ।
पीडितबालिकालाई आरोपितले मङ्सिर १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर २० गते इलाका प्रहरी कार्यलयमा उजुरी दिएको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २० गते जिल्ला स्वास्थ्य कार्यलयमा गरिएको छ ।