INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकारका लागि नागरिक मञ्च गठन, इन्सेक प्रतिनिधि सदस्य सचिव

जिल्लामा बाल अधिकारको संरक्षण र प्रवर्धनमा टेवा पुर्‍याउने उद्देश्यले बाल अधिकारका लागि नागरिक मञ्च गठन गरिएको छ ।

जिल्लामा क्रियाशील नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा नौ सदस्यीय मञ्च गठन गरिएको हो ।

रूकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीको संयोजकत्वमा गठन गरिएको उक्त मञ्चमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, कानुन व्यवसायी, पत्रकारलगायतको सहभागिता रहेको छ ।

मञ्चको सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसी रहेकी छन् । त्यस्तै सदस्यहरूमा दामोदर गौतम, रमा गौतम, हरि गौतम, भूवनेश्वर उपाध्याय, सुरेन्द्र खत्री, मनिष खड्का र भिमबहादुर डाँगी रहेका छन् ।

मञ्चले बाल अधिकारको संरक्षण र प्रवर्धन गर्ने, बाल अधिकारका सवालमा पैरवी गर्ने, अनुगमन गर्ने र बाल अधिकार महासन्धिको कार्यान्वयनमा स्थानीय सरकारलाई जबाफदेही बनाउन आवश्यक सहकार्य गर्ने कामलाई मुख्य प्राथमिकतामा राखेर अगाडि बढ्ने संयोजक नेपालीले बताए ।

अन्य

भिडियो