INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैदको फैसला 

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा धनपालथान गाउँपालिका–३ का १९ वर्षीय प्रधान मर्डीलाई जिल्ला अदालत मोरङले मङ्सिर १९ गते ६ महिना कैदको फैसला सुनाएको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मर्डीलाई कैदसँगै २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको नायब सुब्बा श्याम ओझाले बताए ।

पीडित बालिकालाई मर्डीले गत भदौ २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका परिवारले सोही दिन प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई भदौ २५ गते गिरफ्तार गरी अनुसन्धान पश्चात अदालतमा पेश गरेको थियो  ।

अन्य

भिडियो