१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले आरोपमा बागचौर नपा–७ का १८ वर्षीय केशवराज वलीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले खलङ्गाबाट गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ११ गते जिल्ला अस्पताल सल्यानमा गरिएको थियो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,