INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सोको आरोपमा कुटपिट गरेको पीडित पक्षको आरोप

सोनमा गाउँपालिका-८ सिहासनीका ६५ वर्षीय जुगेश्वर ठाकुरलाई मङ्सिर १७ गते कथित बोक्सोको आरोपमा सोही ठाउँका २८ वर्षीय अञ्जनी ठाकुर र उनका आफन्तले कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।

केही दिनअघि अञ्जनी ठाकुरको २५ वर्षीया पत्नी खाना पकाउने क्रममा प्रेसर कुकुर पड्किँदा गम्भीर घाइते हुन पुगेकी थिइन् । उपचारको क्रममा मङ्सिर १६ गते राति उनको मृत्यु भएको थियो । उनलाई जुगेश्वरले तन्त्रमन्त्री गरी जादुटुना गरेर मारेको आरोप लगाउँदै कुटपिट गरेको हो ।

पीडित पारिवारिले दिएको जानकारी अनुसार मङ्सिर १७ गते बिहानै ३ बजेतिर अन्जनी सहित उनका आफन्तले घरमा सुतिरहेका अवस्थामा जुगेश्वरमाथि लठ्ठी प्रहार गरेका थिए ।

अचानक लठ्ठी प्रहारबाट अतालिएका जुगेश्वर ‘बचाउ, बचाऊ डाकु आयो, डाकु’ भन्दै भागेर छिमिकीको घरमा लुक्न पुगेका थिए ।

तर, उनीहरुले खोजेर घिसार्दै उनलाई कुटपिट गरेको स्थानीयबासीले बताएका छन् । बुवाले कराएको हल्ला सुनेर घर बाहिर निस्केका छोरा अजय ठाकुरलाई पनि काठको भाटाले प्रहार गरेका थिए । अजयको टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइते बावु-छोराको गौशाला स्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनाबारे सत्यतथ्य पता लगाएर दोषीलाई कारवाही गरिने मगर थाना प्रहरी चौकीका इञ्चार्ज राजनारायण यादवले बताए ।

अन्य

भिडियो